खुल्ला डाटा पुस्तिका

यस खुल्ला डाटा पुस्तिकामा बिशेषत: खुल्ला डाटाका कानुनी, सामाजिक, र प्राबिधिक पक्षहरुमा चर्चा गरिएको छ । यो खुल्ला डाटा पुस्तिकाको पहिलो नेपाली सस्करण हो, यस पुस्तिकाले के खुल्ला छ, कसरि खुल्ला हुन्छ वा गराउन सकिन्छ, खुल्ला डाटा किन जरुरी छ, किन खुल्ला डाटा अपनाउने भन्ने विषयहरु वृस्तित रुपमा जानकारी गराउँछ । यो पुस्तकको प्रयोगबाट सरकारी नीति निर्माणकर्ता, नेता र साधारण नागरिकहरूले सजिलै आफ्नो मूल भाषामा खुल्ला डाटा बारेमा बुझ्नलाई मदत गर्दछ ।

खासगरी यस पुस्तकको मूल संस्करण अंग्रेजी भाषामा उपलब्ध छ । उक्त अंग्रेजी संस्करण ओपेन नलेज इन्टरनेसनल द्वारा लिखित तथा व्यवस्थित गरिएको छ । ओपेन नलेज इन्टरनेसनल एक गैर नाफामुखी संगठन हो जो समाजमा खुल्ला डाटाको महत्वमा केन्द्रित रहेर नागरिक समाज समूहहरूलाई डाटाको पहुँच र प्रयोग गरेर सामाजिक समस्या समाधान गर्न मद्दत गर्दछ । यो पुस्तिका चाईनिज, फ्रेन्च, जर्मन, स्पानिश, रसियन र अहिले नेपाली गरि १८ वटा भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । सबै भाषामा अनुवादित पुस्तकहरु www.opendatahandbook.org वेबसाइटमा उपलब्ध छ ।

यस खुल्ला डाटा पुस्तिका नेपाली संस्करणमा खुल्ला लाइसेन्स, सूचनाको हक, अङ्ग्रेजि खुल्ला डाटा पुस्तिका र खुल्ला डाटामा आधारित विभिन्न नेपाली परियोजनाहरुको बारेमा समावेश गरिएको छ

यस पुस्तकले बिशेष गरि खुल्ला डाटाको बिभिन विषय : नागरिक सशक्तिकरण, अवसरहरू सिर्जना र सामाजिक समस्या समाधान गर्ने जस्ता विषयमा सकारात्मक प्रभाव रहने कल्पना ओपेन नलेज नेपालले गर्दै आएको छ । उक्त बिषयमा केवल डाटाको पर्याप्त आपूर्तिले मात्र प्रभाव पार्न सकिदैन । जसकारण प्रकाशित भएको डाटाको प्रयोग बाट नवीनता, सहभागिता र पुन: उपयोगिता बनाउन आवश्यक पर्दछ, जसले डाटाको माग पक्षमा पनि बलियो र भरपर्दो भएको सुनिचित गर्दछ ।

यो पुस्तिकाले सरकारी कर्मचारी र नेपाली जनतालाई आफ्नै मात्री भाषामा खुल्ला डाटाको बारेमा सजीलै बुझ्न मद्धत गर्दछ । यसो गर्नाले डाटाको आपूर्ति र माग पक्ष बीच एक संतुलित वातावरण सिर्जना गर्न मद्दत मिल्नेछ, जसले गर्दा लामो समयसम्म पारदर्शिता, नागरिको उत्तरदायित्व र संग्लग्नता लाई बढावा दिन साथै व्यवस्थित गर्न मद्दत मिल्दछ ।