१३. खुल्ला फाइलका ढाँचाहरू

जानकारी उपकरण मैत्री ढाँचा र विस्तार रूपमा प्रदान गरिए पनि, त्यहाँ फाइलमा प्रारूप सम्बन्धी मुद्दाहरू हुन सक्छ । ढाँचाहरू जसमा जानकारी प्रकाशित गरिन्छ, अर्को शब्दमा भन्नुपर्दा, डिजिटल आधार जसमा जानकारीहरू भण्डारण गरिएको हुन्छ, त्यो “खुल्ला” वा “बन्द” जे पनि हुन सक्छ । खुल्ला ढाँचामा सफ्टवेयर लागि विना निर्देशन सबै नि:शुल्क उपलब्ध हुन्छ, जुन जोकोहिले पनि त्यो निर्देशन विना कुनै रोक नभई आफ्नो सफ्टवेयरमा पुन: प्रयोग गर्नुपउछ ।

फाइलको ढाँचाहरू “बन्द” हुनुको दुई कारणहरू हुनसक्छ, पहिलो त्यो फाइल प्रारूप स्वामित्वमा हुनसक्छ र दोस्रो सार्वजनिक रूपमा विशिष्टीकरण उपलब्ध नभएको हुनसक्छ वा सार्वजनिक विशिष्टीकरण गरिएको भएता पनि फाइल प्रारूप स्वामित्वमा हुनपर्छ जसमा पुनः प्रयोग सीमितले मात्र गर्न पाउदछ । यदि जानकारी बन्द फाइलको ढाँचामा जारी छ भने, त्यो जानकारी पुनः प्रयोग गराएर त्यसमा भएको महत्त्वपूर्ण सामग्री निकाल्न अवरोध हुन्छ, जसले गर्दा त्यो जानकारी प्रयोग गर्न चाहनुहुनेले जबरजस्ती आवश्यक सफ्टवेयर किन्न बाध्य हुन्छ । खुल्ला फाइल ढाँचाहरूको फाइदा भनेको, तिनीहरूले कम्प्युटर सफ्टवेयर डेभेलोपरहरूलाई त्यै स्वरूपहरू प्रयोग गर्न धेरै सफ्टवेयर प्याकेज र सेवाहरूको उत्पादन गर्न अनुमति दिन्छ । जसले समावेश भएका जानकारी प्रयोग गर्न अवरोध घटाउछ ।

सार्वजनिक रूपमा उपलब्ध नभएकोमा स्वामित्व फाइल ढाँचाको प्रयोगले तेस्रोपक्ष सफ्टवेयर वा फाइल ढाँचाको लाइसेन्समा निर्भरताको अवस्था सिर्जना गर्छ । खराब परिदृश्यको कुरा गर्नुपर्दा, त्यो डाटा निश्चित सफ्टवेयर प्याकेजहरूको प्रयोग गराएर मात्रै त्यो जानकारी पढ्न सकिन्छ, जुन धेरै महंगा हुन सक्छ, वा अप्रचलित हुन सक्छ ।

यसैले खुल्ला सरकारी डाटाको दृष्टिकोणबाट प्राथमिकतामा जानकारी खुल्ला फाइल ढाँचामा जारी गर्दा त्यो मेसिनले बुझ्ने शैलीमा हुन पनि आवश्यक हुन्छ ।