६. डाटालाई कसरी खुल्ला बनाउने?

यो खण्ड यस पुस्तिकाको मुख्य भाग हो। यो खण्डले कसरी डाटा होल्डरहरूले डाटालाई खुल्ला गर्न सक्दछन भन्ने बारेमा ठोस, बिस्तृत सल्लाह दिन्छ। हामी साधारण बाट शुरु गर्नेछौ तर गार्हो कुरालाई पनि समावेश गर्नेछौ। अन्तमा हामी अरु परिआउन सक्ने सूक्ष्म मुद्दाहरूको बारेमा छलफल गर्नेछौ।

डाटा खुल्ला गर्नका लागि हामी निम्न तिन प्रमुख नियमहरू सिफारिश गर्छौ:

  • सरल राख्नुहोस्। सानो, सरल र छिटो सुरु गर्नुहोस्। यहाँ हरेक डाटासेट अहिलेनै खुल्ला गरिनु पर्छ भन्ने जरुरी छैन। सुरुमा एउटा डाटासेट खुल्ला गरेर सुरुवात गर्नुहोस् अथवा एउटा ठूलो डाटासेटको एक भाग खुल्ला गर्नुहोस् र जति धेरै डाटासेटहरू तपाईंले खुल्ला गर्नुभयो त्यतिनै राम्रो हुन्छ।

  • सम्झनुहोस् कि यो नवीनताको बारेमा हो। तीब्र गतिमा अघि बढ्दा सकेसम्म राम्रो हुन्छ किनभने तपाईंले यसबाट अघि बढ्नका लागि गति प्राप्त गनुहुन्छ र अनुभवबाट सिक्न सक्नुहुन्छ - नवीनता भनेको सफलता साथ साथै असफलता पनि हो र सबै डाटासेटहरू प्रयोगमा नआउन सक्छन्।

  • समयमा नै र अक्सर सामेल हुनुहोस्। वास्तविक, सम्भावित र डाटाको पुन:प्रयोगकर्ताहरूसँग प्रारम्भिक रूपमा अक्सर सामेल हुनुहोस्। तिनीहरू नागरिक, ब्यापारी वा डेभलोपर हुनसक्छन्। यसले तपाईंको सेवाको अर्को पुनरावृत्ति सान्दर्भिक छ भनेर सुनिश्चित गर्नेछ।

  • यो कुरा बुझ्न जरुरी छ कि धेरैजसो डाटाहरू प्रयोगकर्ता समक्ष सिधै भन्दा पनि सुचनाकर्मीहरूको माध्यमबाट पुग्छन्। यी व्यक्तिहरूले डाटा लिन्छन् र डाटालाई प्रस्तुत गर्न सकिने ढङ्गमा परिवर्तन गर्दछन्। उदाहरणका लागि हामीहरू धेरैजसो GPS निर्देशाङ्कहरूको डाटाबेस भन्दा पनि नक्सामा बढी रुची राख्दछौँ। तसर्थ, सर्वप्रथम सूचानाकर्मीहरूसँग सङ्लग्न रहनुहोस्। तिनीहरूले सामानको पुन:प्रयोग र पुनःउद्देश्य स्थापित गर्नेछन् ।

  • साधारण भयहरू र गलत अर्थहरूलाई सम्बोधन गर्नुहोस् । यदि तपाईं विशेष गरी कुनै ठूलो संस्था जस्तै सरकारसँग वा सरकार भित्र काम गर्नु हुँदैछ भने यो धेरै महत्त्वपूर्ण हुन्छ। डाटा खुल्ला गर्दाखेरी धेरै प्रश्नहरू र भयहरूको सामना गर्नुपर्ने हुनसक्छ। यो निम्न कुराहरूको लागि महत्त्वपूर्ण छ: (क) सबैभन्दा महत्त्वपूर्णहरूको पहिचान गर्न र (ख) सकेसम्म तिनीहरूलाई प्रारम्भिक रूपमा सम्बोधन गर्न।

डाटालाई खुल्ला बनाउने चार मुख्य तरिकाहरू छन् र हरेक तरिकाको विस्तृत विवरण तल समेटिएको छ। यी धेरै तरिकाहरू अनुमानित क्रममा छन् र धेरैजसो तरिकाहरूलाई एकसाथ लैजान सकिन्छ।

१. डाटासेटहरू छनौट गर्नुहोस्। तपाईंले खुल्ला बनाउन चाहनुभएको डाटासेट(हरू)को पहिचान गर्नुहोस्। ख्याल गर्नुहोस् कि यदि तपाईंलाई अगाडिको कुनै भागमा समस्या परेको खण्डमा तपाईं यो भागमा फिर्ता आउन सक्नुहुन्छ।

२. खुल्ला लाइसेन्स लागू गर्नुहोस्।

१. डाटामा कस्तो बौद्धिक सम्पत्तिको अधिकार छ निर्धारण गर्नुहोस्।

२. यी सबै अधिकार र माथिको “खुल्ला डाटा के हो” भन्ने खण्डको छलफललाई समर्थन गर्ने उपयुक्त खुल्ला लाइसेन्स लागू गर्नुहोस्।

३. टिप्पणी: यदि तपाईंले यो गर्न सक्नुभएन भने खण्ड १ मा फिर्ता जानुहोस् र अर्को भिन्न डाटासेट छान्नहोस्।

३. विस्तार योग्य र उपयोगी ढाँचामा डाटा उपलब्ध गराउनुहोस्। तपाईं चाहनु हुन्छ भने API (एपिआइ) जस्ता वैकल्पिक तरिकाबाट पनि डाटा उपलब्ध गराउन सक्नु हुनेछ।

४. डाटालाई खोज्न सकिने बनाउनुहोस् - वेबमा राख्नुहोस् र सम्भवत एउटा केद्रीय सूची बनाएर आफ्नो खुल्ला डाटासङ्ग्रह सङ्गठित गर्नुहोस्।

डाटासेट(हरू) छान्नुहोस्

तपाईंले खुल्ला बनाउन चाहनुभएको डाटासेट(हरू) छनौट गर्ने काम पहिलो प्रक्रिया हो तर ख्याल गर्नुहोस् कि यदि तपाईंलाई अगाडिको कुनै भागमा समस्या परेको खण्डमा तपाईं यो भागमा फर्केर आउन सक्नुहुन्छ। यदि तपाईंलाई ठ्याक्कै थाहा छ कि कुन डाटासेट तपाईंले खुल्ला गर्न खोजी राख्नु भएको छ भने तपाईं सिधै अगाडिको खण्डमा जान सक्नु हुन्छ। तर धेरै जसो, विशेष गरी ठुला संस्थाहरूको सन्दर्भमा डाटासेटहरू छनौट गरेर त्यसमा ध्यान केन्द्रित गर्नु चुनौतीपूर्ण हुनसक्छ। यस सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ?

कुन डाटासेट खुल्ला गरेर शुरुवात गर्ने हो त्यसको पहिचान गर्न सक्नु पर्दछ र त्यसको सूची निर्माण कार्य छिटो प्रक्रियामा गर्नुपर्दछ। प्रत्येक डाटा सेट उपयुक्त छ कि छैन भनेर विस्तार जाँच गर्न पछिका चरणहरूमा समय हुनेछ। तपाईंको डाटासेटको एक पूर्ण सूची सिर्जना गरिरहन आवश्यक छैन। ध्यानमा राख्नुपर्ने मुख्य कुरा यो सबै यो डाटा प्रकाशित गर्न (खुल्लमखुल्ला वा अन्य) सम्भाव्य छ कि छैन भनेर हो - अघिल्लो खण्ड हेर्नुहोस् ।

समुदायलाई सोध्नुहोस्

  • सर्वप्रथम हामी समुदायलाई सोध्न सुझाव दिन्छौँ । ती व्यक्तिहरू जो डाटाको पहुँचमा छन् र उपयोग गर्दछन्, तिनीहरूलाई कुन डाटा महत्त्वपूर्ण छ त्यसको बारेमा ज्ञान हुनु जरुरी छ ।

  • तपाईंले प्रतिक्रिया दिन चाहनुभएको तयारी सम्भावित डाटासेटहरूको एक छोटो सूची तयार गर्नुहोस् । यसको मुख्य आशय मागको महसूस गराउनु हो, त्यसैले त्यो सूची तपाईंको आशासँग मेल खान्छ खाँदैन भन्ने कुरा जरुरी छैन । यो अन्य देशहरूको खुल्ला डाटा सूचीमा आधारित हुन सक्छ।
  • सुझावका लागि अनुरोध गर्नुहोस् ।

  • वेबपेज मार्फत अनुरोध सार्वजनिक गर्नुहोस् ।यसको आफ्नै URL मार्फत अनुरोध पहुँच गर्न सम्भव छ भनेर निश्चित गर्नुहोस् । यसरी, सामाजिक मिडिया मार्फत साझेदारी गर्दा, अनुरोध सजिलै पाउन सकिन्छ ।

  • प्रतिक्रियाहरू पेश गर्न सजिलो तरिका प्रदान गर्नुहोस् । दर्तालाई आवश्यक नबनाउनुहोस् किनभने यसले प्रतिक्रियाहरूको सङ्ख्यामा कमि ल्याउँछ ।

  • मुख्य वेब पेजमा फिर्ता आइरहन सान्दर्भिक पत्राचार सूची, फोरम र व्यक्तिहरूलाई निरन्तर अनुरोध गर्नुहोस् ।

  • परामर्श कार्यक्रम सञ्चालन गर्नुहोस् । कार्यक्रम सामान्य व्यापारी, डाटामा काम गर्ने व्यक्तिहरू र अरू अधिकारीहरूले भाग लिन सक्ने गरी एक निश्चित समयमा संचालन गर्नुहोस् ।

  • तपाईंको संस्थाको तर्फबाट बोल्नका लागि एकजना राजनीतिज्ञलाई अनुरोध गर्नुहोस् । खुल्ला डाटा सरकारी जानकारीहरूको पहुँच बृद्धिको लागि एक व्यापक माध्ययम सम्भावना छ ।

लागतको आधार

एजेन्सीहरूले आफूसँग भएको डाटाहरूलाई सङ्ग्रह गर्न र सम्भार गर्न कति पैसा खर्च गर्छन् ? यदि तिनीहरूले एक विशेष डाटासेटमा ध्यान पुर्‍याए भने त्यो डाटा अरू व्यक्तिहरूले उपयोग गर्न सक्ने अत्याधिक सम्भावना हुन्छ ।

यो तर्क मूल्यवान वस्तुहरू नि:शुल्क प्रदानको चिन्ताको घेरा भित्र पर्न सक्छ । तपाईंले प्रतिक्रिया दिनुपर्ने प्रश्न यो हो कि “किन अन्य मनिसहरूले निःशुल्क जानकारीहरू महँगोमा प्राप्त गर्नुपरेको छ ?” यो प्रश्नको जवाफ ‘खर्च सार्वजनिक क्षेत्र द्वारा एक विशेष समारोह गर्न भनेर अवशोषित हुन्छ’ । डाटा एक पटक सङ्कलन गरी सकेपछि तेस्रो पक्षलाई पठाउन लाग्ने खर्च लगभग न्यून हुन्छ । त्यसैले, तिनीहरूलाई केही शुल्क लगाउनु हुदैन।

जारी गर्न सजिलो

कहिलेकाही कुन डाटा सबैभन्दा मूल्यवान छ भन्दा पनि कुन डाटाचै सर्वजनिक जनतासम्म पुर्याउन सजिलो छ त्यो विचार गर्नुपर्दछ । सानो, सजिलो विज्ञप्ति संगठन भित्र ठूलो व्यवहारिक परिवर्तन लागि उत्प्रेरकको रूपमा काम गर्नसक्छ । तर यो दृष्टिकोणबाट सावधान रहनुहोस् । यी साना विज्ञप्तिहरू कम महत्वको हुन सक्छन् र तिबाट केही पनि निर्माण गर्न सकिदैन भन्ने मामला आउन सक्छ । यदि त्यसो भएको खण्डमा, सम्पूर्ण परियोजनाको विश्वास फितलो हुन सक्छ ।

सहयोगीहरूको विश्लेषण

खुल्ला डाटा एउटा बढ्दो कदम हो । तपाईंको क्षेत्रमा धेरै व्यक्तिहरू हुन सक्छन जसलाई अन्य क्षेत्रहरूले के गरिरहेका छन् त्यसको बारेमा जानकारी छ । ती एजेन्सीहरूले के गरिरहेका छन् त्यसको आधारमा सूची तयार गर्नुहोस् ।

खुल्ला लाइसेन्स लागू गर्नुहोस् (कानूनी खुल्लापन)

धेरैजसो न्यायालयहरूमा डाटामा बौद्धिक सम्पत्तिको अधिकार हुन्छ जसले गर्दा तेस्रो पक्षले स्पष्ट अनुमति बिना डाटाको प्रयोग, पुन: प्रयोग र पुन: वितरण गर्न निषेध हुन्छ । स्पष्टताको लागि भएपनि ति ठाउँहरू जहाँ आधिकारको अस्तित्व अनिश्चित छ त्यहाँ लाइसेन्स लागू गर्न महत्त्वपूर्ण छ । त्यसैले, यदि तपाईंले आफ्नो डाटा उपलब्ध गराउने योजना बनाईराख्नु भएको छ भने त्यसमा तपाईंले लाइसेन्स राख्नुपर्दछ र यदि तपाईंले डाटालाई खुल्ला बनाउन चाहनुहुन्छ भने यो अझ महत्त्वपूर्ण हुन्छ ।

तपाईं कुन लाइसेन्स प्रयोग गर्न सक्नुहुन्छ ?

हामी खुल्ला डाटाको लागि खुल्ला परिभाषासँग उपयुक्त हुने र डाटाको लागि उचित हुने लाइसेन्स प्रयोग गर्ने सुझाव दिन्छौ । यो सूची (प्रयोगको लागि निर्देशन सहित) निम्न स्थानमा प्राप्त गर्न सकिन्छ : http://opendefinition.org/licenses/