३. तपाईं कस्तो डाटाका बारेमा कुरा गर्दै हुनुहुन्छ?

पाठकहरूले अगाडी नै धेरै प्रकारका डाटाका उदाहरणहरू - जुन खुल्ला छन् अथवा खुल्ला हुन सक्छन्, देखिसक्नु भएको होला र तल अझै उदाहरणहरू देख्नु हुनेछ। तैपनि, यहाँ कस्ता कस्ता डाटाहरू खुल्ला हुन्छन् वा खुल्ला हुन सक्छन र उत्तिकै महत्त्वपूर्ण - कस्ता डाटा खुल्ला हुदैनन् भनेर छोटो रूपरेखा तयार पारिएको छ । डाटालाई खुल्ला गर्दा गैर-व्यक्तिगत डाटामा ध्यान दिनु नै मुख्य मुद्दा हो, जसमा कुनै व्यक्ति विशेषका सूचना हुँदैनन्। त्यसै गरी, केही प्रकारका सरकारी डाटाका लागि, राष्ट्रिय सुरक्षा प्रतिबन्ध लागु हुन सक्छ।