१४. दिइएको ढाँचाहरू कसरी प्रयोग गर्ने?

जब तपाईंले नयाँ डाटा प्रदर्शनी गर्ने पर्ने हुन्छ जुन पहिले प्रदर्शन गरिएको हुदैन । तपाईंले लागत र उपयुक्त कामको लागि प्रयोग हुने र सबै भन्दा राम्रो सन्तुलन प्रदान गर्ने ढाँचाको छनौट गर्नुपर्दछ । प्रत्येक ढाँचाको लागि केही कुराहरूमा तपाईं सजग हुनुपर्छ, यो खण्डले तिनीहरूलाई व्याख्या गर्ने लक्ष्य लिएको छ ।

यो खण्ड कसरी मिसिनको सीधा पहुँच गर्न सकिन्छ भने कुरामा ध्यान केंद्रित हुनेछ । वेबसाइट र वेब समाधानहरूको डिजाइन कसरी गर्नुपर्छ र अन्यत्र कस्तो पाउन सकिन्छ भने सल्लाह र निर्देशनको बारेमा पनि समावेश गरिएको छ ।

वेब सेवाहरू

बारम्बार परिवर्तन भैरहने डाटाहरू जहाँ प्रत्येक डाटाको आकार सीमित हुन्छ, त्यस अवस्थामा वेब सेवा मार्फत डाटालाई प्रकाशित गर्दा सान्दर्भिक हुन्छ । वेब सेवा बनाउने धेरै विधिहरू छन् तर सबैभन्दा धेरै प्रयोग हुने विधिहरू सोप (SOAP) र रेस्ट (REST) हुन् । साधारणतया, REST भन्दा SOAP, REST सेवाहरू विकास र प्रयोग गर्न र बनाउन धेरै सजिलो हुन्छ, त्यसैले यसको प्रयोग व्यापक हुन्छ ।

डाटाबेस (Database)

वेब सेवाहरू जस्तै, डाटाबेसले गतिशील रूपमा डाटा सम्म प्रत्यक्ष पहुँच प्रदान गर्दछ । डाटाबेससँगै प्रयोगकर्ताको रुचि अनुसार डाटाको निकासी गर्ने र राख्न अनुमति दिन सक्ने लाभ हुन्छ ।

तर टाढाको डाटाबेस निकासीको अनुमति दिने बारे केही सुरक्षा चासोहरू छन् र डाटाबेस पहुँच डाटाबेसको संरचनामा मात्र उपयोगी हुन्छ र व्यक्तिगत तालिका र क्षेत्रहरूको महत्त्व संरचनाहरू सँधै राम्रो दस्तावेज हुन्छ । अक्सर, डाटाबेसले डाटाको प्रकासन गर्ने वेब सेवाहरूको सिर्जना गर्न अपेक्षाकृत सरल र सस्तो हुन्छ, जुन सुरक्षाको चिन्ता सम्बोधन गर्न सजिलो तरिका पनि हो ।