२. लक्षित दर्शक

यो पुस्तिकाका पाठकहरू धेरै छन्: पहिले खुल्ला डाटाका बारेमा कहिल्यै नसुनेका र आफू लाई अनुभुवी “डाटा प्रोफेसनल” मान्नेहरूका लागि। कर्मचारी र कार्यकर्ता लागि पत्रकार र अनुसन्धानकर्ताका लागि राजनीतिज्ञ र विकासकर्ताका (Developers) लागि डाटा प्रेमीहरू र एपीआई (API) को बारेमा कहिल्यै केही नसुनेकाहरूका लागि। हाल प्रदान गरिएका प्रायजसो जानकारीहरू सार्वजनिक निकायहरूमा रहेका डाटामा केन्द्रित छन्। तर, लेखकको मनसाय यसलाई समयले अनुमति दिए अनुरुप यसको दायरालाई अझ फराकिलो बनाउने रहेको छ। हाम्रो यस प्रयासलाई मद्दत गर्न तपाईंहरूको सहभागिताको सदैव स्वागत गरिन्छ।

यो हाते पुस्तिका यस विषयमा थोरै मात्र अथवा कुनै ज्ञान नभएकाहरूका निमित्त बनाइएको हो। यसमा तपाईंले कुनै शब्दजाल अथवा अपरिचित शब्दहरूको प्रयोग भएको पाउनुभएमा यस हाते पुस्तिकाको अन्त्यमा रहेको विस्तृत शब्दावली अथवा FAQ (धेरै सोधिइने प्रश्नहरू) हेर्नुहोला।