९. अनलाइन विधिहरू

तपाईंको अवस्थित वेबसाइट मार्फत

आफ्नो वेब सामग्रीलाई सबैभन्दा परिचित हुने प्रणाली वेबपेजहरू देखि डाउनलोड लागि फाइल प्रदान गर्न हो । हाल जसरी तपाईंले छलफलका कागजातहरूको पहुँच प्रदान गर्नुभएको छ, यसले गर्दा डाटा फाइलहरू पूर्ण रुपले सन्तुस्ट छन् । यो दृष्टिकोणको कठिनाई के हो भन्दा गुटदेखि बाहिरको व्यक्तिलाई अपडेट गरिएको जानकारी कहाँ छ भनेर पत्ता लगाउन गार्हो पर्छ । यो विकल्प तपाईंको डाटाबाट उपकरण सिर्जना गर्ने मानिसहरूलाई बोझ हुन सक्छ ।

कुनै तेस्रो पक्ष साइटहरू मार्फत

धेरै डाटा पोर्टलहरु आहिले आएर डाटाहबमा परिणत भएका छन् । उदाहरणका लागि Infochimps.com र Talis.com जस्ता साईटहरूले सार्वजनिक क्षेत्रका एजेन्सीहरूलाई निःशुल्क रुपमा डाटाको विशाल मात्रा भण्डारण गर्न अनुमति दिन्छ ।

तेस्रो पक्ष साइटहरू धेरै उपयोगी हुन सक्छन् । यसको मुख्य कारण तिनीहरूले पहिले नै इच्छुक मानिसहरू र अन्य डाटाका सेटहरूलाई एकै समुदायसँगै बाधेर राखेको छ । जब तपाईंको डाटा यी मञ्चहरूको भाग हुन्छ, तब सकारात्मक प्रभावको चासो सिर्जना हुन्छ । बल्क डाटा मञ्चहरूले पहिले नै मांग खेप्न सक्ने पूर्वाधार प्रदान गरिदिएका छन् । तिनीहरूले अक्सर विश्लेषण र उपयोग जानकारी प्रदान गर्दछन । सार्वजनिक क्षेत्रको निकायहरूको लागि निःशुल्क गरिएको छ ।

यी मञ्चहरूमा दुई प्रकारका लागत हुन सक्छन् । पहिलो स्वतन्त्रता हो । तपाईंको एजेन्सी अरूलाई नियन्त्रण गर्न सक्षम हुन आवश्यक छ । अक्सर यो राजनीतिक, कानूनी वा कार्यात्मक रुपमा गाह्रो छ । दोस्रो लागत खुल्लापन हुन सक्छ । तपाईंको डाटा मञ्च कसले पहुँच गर्न सक्छन् भनेर सुनिश्चितगर्न जरुरी छ । स्मार्टफोन देखि सुपरकम्प्युटरसम्म सफ्टवेर डेभलोपर र वैज्ञानिकहरूले धेरै प्रकारका अपरेटिइङ्ग सिस्टमहरू प्रयोग गर्दछन । तिनीहरू सबै डाटा पहुँच गर्न सक्षम हुनुपर्छ ।

एफटीपी (FTP) सर्भर मार्फत

फाइलहरू पहुँच प्रदान लागि कम सुशील विधि फाइल स्थानान्तरण प्रोटोकल (एफटीपी) हो । तपाईंको दर्शकहरू सफ्टवेयर डेभलोपर र वैज्ञानिकहरू जस्ता प्राविधिक क्षेत्रका व्यक्तिहरू हुन् भने यो उपयुक्त हुन सक्छ । यो एफटीपी (FTP) प्रणाली एचटीटीपी (HTTP) को ठाउँमा काम गर्छ तर विशेषगरी फाइल स्थानान्तरणलाई समर्थन गर्न डिजाइन गरिएको हो ।

एफटीपी (FTP) अहिले आएर सबैको अनुमोदन बाहिर परेको छ । वेबसाइट प्रदान गर्नु भन्दा एक FTP सर्भर मार्फत पहुँच पाउनु भनेको कम्प्युटरमा फोल्डरहरू देखे जस्तै हुन्छ । तसर्थ यो प्रणाली उद्देश्य पूरा गर्नका लागि फिट छ तापनि त्यहाँ अनुकूलन चार्ज गर्नका लागि वेब विकास कम्पनीहरूको क्षमता कम छ ।

टोरेन्ट (Torrents) का रूपमा

प्रतिलिपि आधिकार उल्लङ्घनसँग गासिएको हुनाले पनि बिट टोरेन्ट प्रणाली निर्माण गर्न सरकार परिचित नै छ । बिट टोरेन्टले टोरेन्ट ढाँचाहरू प्रयोग गर्छ, जसले गर्दा एउटा ठूलो फाइल सानो सानो टुक्रामा बिभाजन गरेर प्रयोगकर्ता लाई बाढ्न सजिलो हुन्छ । यसले गर्दा डाटा शेयर गर्नका लागि प्रयोग भएको कम्प्युटर सर्भरको भार कम हुन्छ र वितरणको काम पनि राम्रो संग हुन्छ । यसै कारणले गर्दा पनि इन्टरनेटमा फिल्महरू वितरण गर्नको लागि यसको प्रयोग धेरै गरिन्छ । यो ठूलो र धेरै मात्रामा डाटा इन्टरनेटमा शेयर गर्ने एक भरपर्दो माध्यम हो ।

API का रूपमा

डाटालाई एप्लिकेसन प्रोगामिङ् इन्टरफेस (Application Programming Interface) को रुपमा पनि प्रकाशित गर्न सकिन्छ । यो तरिका छोटो समयमा नै लोकप्रिय भएको छ । यो इन्टरफेसले कम्प्यूटर प्रोगामरहरू लाई एकै चोटी सबै डाटा नभएर, डाटाको सानो र महत्त्वपूर्ण अंशलाई चयन गर्न दिन्छ । एप्लिकेसन प्रोगामिङ् इन्टरफेस (API) सीधा डाटा भएको डाटाबेस सँग जडान हुन्छ, जुन प्रयोग गरेको वास्तविक समयमा नै अद्यावधिक हुन्छ । यो कारणले गर्दा पनि API प्रयोग बाट वास्तविक र राम्रो डाटा पाउने कुरा पक्का हुन्छ ।

अप्रसोधित डाटालाई एकमुष्ठ रूपमा उपलब्ध र प्रकासन गराउनु नै खुल्ला डाटामा हुने पहलको मुख्य चासो हो । एपीआइ (API) मार्फत डाटा प्रदान गर्न निम्न किसिमका लागत छन् :

  • फाइलहरू प्रदान गर्नु भन्दा हामीले यसको विकास र मर्मतको लागि धेरै ध्यान दिन जरुरी छ ।
  • प्रयोगकर्ता र समुदायमा यसको बढावा गर्न, पहिले यसको निश्चितता प्रदान गर्न जरुरी छ । केही गल्ती भएको खण्डमा तेस्को मर्मत गर्नको लागि लागतको आशा गरिनेछ ।

एक्मुस्ठ डाटाको पहुँचबाट सुनिश्चित हुने कुराहरू :

  • यसमा डाटाको मूल प्रदायक सँग कुनै निर्भरता हुदैन, मतलब यदि कुनै कारणले अथवा बजेटमा भएको परिवर्तनले यसलाई कुनै असर पार्दैन र डाटा अझै उपलब्ध हुनुपर्छ ।
  • अरू कसैले यसको वितरण र प्रतिलिपि प्राप्त गर्न सक्दछ । यसले गर्दा स्रोत एजेन्सीलाई वितरण लागत कम गर्न सहायता गर्दछ र विफलता हुने कारणहरू काम गर्दछ ।
  • जो कसैले पनि डाटाको प्रयोग गरेर आफ्नो सेवाहरू विकास गर्न सक्दछन्, किनभने तिनीहरूलाई थाहा छ कि डाटा तिनिहरूबाट टाढा लगिने छैन भनेर ।

डाटा एकमुस्ठ प्रदान गर्यो भने यसबाट अरूले मूल उद्देश्य भन्दा पनि बाहिरको काम गर्न सक्छन । उदहारणको लागि यसलाई, नयाँ ढाँचामा रुपान्तरण गर्न, अन्य स्रोतहरू सँग जोड्न र संस्केरित अथवा अभिलेख गर्न मद्दत गर्छ । डाटाको नयाँ संस्करण एक एपीआई मार्फत उपलब्ध हुन सक्छ, कच्चा डाटा नियमित अंतरालमा बल्कमा उपलब्ध गर्नुपर्छ ।

उदहारणको लागि, Eurostat तथ्याङ्क सेवा सँग ४००० डाटा बल्कमा डाउनलोड गर्ने सुविधा छ, यो एक दिन मा दुई पटक अद्यावधिक गरिन्छ, यसले ट्याब-विभाजित भ्यालु (TSV) ढाँचा र डाउनलोड सुविधा बारे दस्तावेज साथै डाटा प्रदान गर्दछ । अर्को उदाहरण छ डीसत्रिक अफ कोलुम्बिया जसले CSV र XLS ढाँचामा डाउनलोड गर्न अनुमति दिन्छ र डाटाको प्रतक्ष्य फीड पनि दिन्छ ।