५. खुल्ला डाटा के हो?

यो पुस्तिका खुल्ला डाटा बारेमा छ तर यो के हो? खासगरी के बनाउँछ खुल्ला डाटा खोल्न र डाटा को के किसिमका हामी कुरा गर्दै हुनुहुन्छ? खुल्ला भनेको के हो?

यो पुस्तिका खुल्ला डाटाको बारेमा हो - तर वास्तवमा खुल्ला के हो ? हाम्रो प्रयोग को लागि खुल्ला डाटाको परिभाषा खुल्ला परिभाषाले गरेको छ:

खुल्ला डाटा खुलेर प्रयोग, पुनः प्रयोग र जोकोही द्वारा पुनः वितरण गर्न सकिने डाटा हो - बढिमा मुल स्रेात उल्लेख गर्ने र मुल स्रेात जसरि नै वितरण हुनुपर्ने गरि।

सबैभन्दा महत्त्वपूर्ण संक्षेपत प्रस्तुत गर्न, पूर्ण खुल्ला परिभाषाले सटीक विवरण र त्यसको मतलब दिन्छ।

  • उपलब्धता र पहुँच: डाटा पूरा उपलब्ध हुनु पर्दछ, पुनः उत्पादन मुल्य भन्दा बढी लिनुहुन्न र इन्टरनेटबाट डाउनलोड गर्नुलाई प्राथमिकता दिइनुपर्दछ। डाटा सजिलो र परिमार्जन गर्न मिल्ने गरि उपलब्ध हुनु पर्दछ ।

  • पुन: प्रयोग र पुन: र्वितरण: डाटा पुन: प्रयोग, पुन: र्वितरण र अरु संकलित डाटाहरु संग मिसाउन मिल्ने गरि अनुमति दिने सर्तहरू अन्तर्गत प्रदान गरिनु पर्दछ।

  • विश्वव्यापी सहभागिता: सबैले प्रयोग, पुन:र्प्रयोग र पुन:र्वितरण गर्न पाउनु पर्नेछ र कसैको कामको पृष्ठभूमि वा कुनै व्यक्ति वा समूहलाई कुनै किसिमको भेदभाव हुनुहुन्न। जस्तै ‘गैर-व्यावसायिक’ रोक्न भनेर ‘व्यावसायिक’ प्रयोग प्रतिबन्ध लगाउने, केही उद्देश्य को लागि प्रतिबन्ध लगाउने उदहारणमा “शिक्षा लागि मात्र“ भन्ने हुनुहुन्न।

यो किनधेरै महत्त्वपूर्ण छ, खुल्ला भन्नाले के हो र किन खुल्ला परिभाषा प्रयोग भयो, भन्ने कुरा स्पष्ट गर्न चाहनु हुन्छ र सोच्दै हुनुन्छ भने यसको सरल जबाफ अन्तरसंक्रियता हो। अन्तरसंक्रियताले विविध प्रणाली र संस्थाहरूको सँगै काम गर्न सक्ने क्षमता जनाउछ। यस मामिलामा भिन्न डाटासेटहरू समाबेश गर्न सक्ने क्षमता छ। अन्तरसंक्रियता महत्त्वपूर्ण छ किनभने यसले भिन्न तत्वहरूलाई मिलेर काम गर्नको लागि अनुमति दिन्छ। यो “सँगै मिश्रण” गर्न सक्ने क्षमताले गर्दा ठूलो र जटिल प्रणाली निर्माण गर्न आवश्यक पर्दछ। जुन अन्तरसंक्रियता बिना असम्भव जस्तै हुन्छ - प्रमाणितको लागि बाबेल टावरको सबै भन्दा प्रसिद्ध मिथक जहाँ कुराकानी गर्न नसक्ने क्षमताको कारणले धरहरा - निर्माणको सबै प्रयास पूर्ण रुपमा बिग्रन जान्छ।

हामी डाटाको मामिलामा यस्तै परिस्थितिको धेरै सामना गर्छौ। डाटा (वा कोड) को एउटा मुख्य सिद्दान्त यो हो कि यदि कुनै डाटाको टुक्रा “खुल्ला” छ भने त्यसमा समावेश भएको सामग्री खुलेर अन्य “खुल्ला” सामाग्री सँग मिसाउन सकिन्छ। यो अन्तरसंक्रियता (खुल्लापन)को एउटा महत्त्वपूर्ण मुख्य महसूस गर्न सकिने व्यावहारिक लाभ हो: नाटकिय रुपमा विभिन्न डाटासेटहरूको संयोजन गरेर थप राम्रो उत्पादन र सेवाको लागि विकास गर्न सकिन्छ(यी लाभहरू खुल्ला डाटा किन भन्ने खण्डमा थप छलफल गरेको छ।) ।

खुल्लापन स्पष्ट परिभाषा प्रदानले एउटा कुरा सुनिश्चित गर्दछ यदि तपाईंले दुई फरक स्रोतबाट दुई खुल्ला डाटासेट प्राप्त गर्नुभयो भने, तपाईं तिनीहरूलाई सँगै संयोजन गर्न सक्नुहुन्छ, र आफ्नो ‘बाबेल टावर’ बाट जोगिन कुरा सुनिश्चित गर्न सक्नुहुन्छ: सानो सानो धेरै डाटासेट तर ठूलो प्रणालीमा डाटालाई सँगै संयोजन गर्न क्षमता जहाँ डाटाको वास्तविक मूल्य हुन्छ।