८. डाटालाई प्राविधिक रुपमा उपलब्ध तथा खुल्ला कसरी बनाउने ?

खुल्ला डाटा प्राविधिक तथा कानूनी रूपमा खुल्ला हुन आवश्यक छ । विशेष गरी, डाटा एकै चोटि डाउनलोड गर्न मिल्ने र मेशीनले बुझ्ने शैलीमा उपलब्ध हुन जरुरी छ ।

उपलब्ध

डाटाको मूल्य पून उत्पादन भन्दा धेरै तोकिनु हुदैन र इन्टरनेटबाट डाउनलोड गर्न सकिने प्राथमिकता हुनुपर्दछ । यो मूल्य निर्धारण मोडेल हासिल गरिन्छ किनभने तपाईंको एजेन्सीले डाटा प्रदान गर्दा कुनै पनि लागतको उतरदायित्व लिनु हुँदैन ।

एकमुस्ठ

डाटा एकमुस्ठ रुपमा उपलब्ध हुनुपर्छ । यदि तपाईंले दर्ताहरू कुनै बिधान अनुसार सङ्कलन गर्नुभएको छ भने सम्पूर्ण दर्ताहरू डाउनलोडको लागि उपलब्ध हुनुपर्छ । वेब एपीआई (API) अथवा उस्तै सेवाहरू पनि धेरै उपयोगी हुन् सक्छन् तर ठूलो मात्रमा उपयोगी हुन सक्दैन ।

खुल्ला तथा मेसिनले बुझ्ने ढाँचामा

सार्वजनिक क्षेत्र द्वारा पुन: प्रयोग गरिएको डाटाको प्याटेन्टमा प्रतिबन्ध लगाउन हुँदैन । अधिक महत्त्वपूर्ण कुरा, तपाईंले पक्का गर्नुपर्दछ कि तपाईंले मेसिनले बुझ्ने स्वरूपमा प्रदान गर्नुहुदैछ जसले ठूलो मात्रामा पुन: प्रयोगको लागि अनुमति दिन्छ । यो चित्रण गर्न, विचार गर्नुहोस् की तथ्यांकहरू पीडीएफ (पोर्टेबल डोकुमेन्ट फरमेट) कागजातहरू मार्फत प्रकाशित गरिन्छ र अक्सर उच्च गुणवत्ता मुद्रणको लागि प्रयोग गरिन्छ । जबकि यी तथ्याङ्कहरू मानिसहरूले सजिलै पढ्न सक्छन, तर तिनीहरूलाई कम्प्युटरले प्रयोग गर्नको लागि धेरै कठिन छ । यसले अरूलाई त्यो डाटा पुन: प्रयोग गर्नेको लागि क्षमता सीमित गर्छ।

ठूलो लाभ हुनसक्ने केही नीतिहरू:

  • सरल रुपमा राख्नुहोस्
  • छिटो सार्न
  • व्यावहारिक हुनुहोस्

खासगरी यो कच्चा डाटा अहिले दिन भन्दा छ महिनाको अवधिमा पूर्ण डाटा दिदा राम्रो हुन्छ । डाटा अरूलाई उपलब्ध गराउने विभिन्न तरिकाहरू छन् । इन्टरनेटको युगमा सबैभन्दा प्राकृतिक उपाय अनलाइन प्रकाशन हो । यस मोडेलमा थुप्रै विविधताहरू छन् । सबभन्दा आधारभूत रुपमा, एजेन्सीहरूले आफ्नो वेबसाईट मार्फत डाटा उपलब्ध गराउछन् र एक केन्द्रीय सूचीले आगन्तुकहरूलाई उपयुक्त स्रोततिर जान निर्देशन दिन्छन । तर, विकल्पहरू छन् । जडान सीमित छ वा डाटा अत्यन्तै ठूलो आकारको छ भने अन्य स्वरुप मार्फत वितरणलाई मन्जुरी दिन सकिन्छ । यो खण्ड पनि मूल्यहरू धेरै कम राख्न कार्य गर्न सक्छ जो विकल्प, छलफल हुनेछ ।