११. मैले केही डाटा खुल्ला गरेँ, अब के गर्ने ?

हामीले सरकारी जानकारी कसरी कानूनी रूपमा र प्राविधिक रूपमा पुनः प्रयोग गर्न सकिन्छ हेर्‍यौँ । अब हाम्रो अर्को चरण भनेको अरूलाई त्यो डाटा प्रयोग गर्न प्रोत्साहित गर्नु हो । यो खण्डमा तपाईंले डाटाको पुन: प्रयोग कसरी बढाउन सक्नुहुन्छ भन्ने अतिरिक्त कुरा पाउनुहुनेछ ।

सबैलाई भन्नुहोस्

पहिलो र प्रमुख, आफ्नो जिम्मेवारी क्षेत्रमा खुल्ला डाटाको तथ्यलाई सकेसम्म प्रचार निश्चित गर्नुहोस् । यदि तपाईंले अलि अलि भए पनि डाटासेटहरूलाई खुल्ला गर्नु भएको छ भने, आफ्नो थोरै समय प्रयोग गरेर निश्चित मानिसहरूलाई मैले यस्तो गरेको छु भनेर थाहा दिनु नै राम्रो हो ।

साथै प्रेस विज्ञप्ति जस्तै कुराहरू, आफ्नो वेबसाइटमा घोषणाहरू, र अरूमा सूचीवद्ध विचारहरूको प्रयोग गर्न सकिन्छ:

  • यस क्षेत्रमा रुचि भएका प्रमुख संगठन वा व्यक्तिहरूलाई सम्पर्क गर्नुहोस् ।
  • सान्दर्भिक पत्राचार सूचीमा वा सामाजिक सञ्जाल समूहमा सम्पर्क गर्नुहोस् ।
  • तपाईंलाई थाहा भएको डाटामा रुचि हुनसक्ने सम्भावित प्रयोगकर्ताहरूलाई सिधै सम्पर्क गर्नुहोस् ।

तपाईंको लक्षित प्रयोगकर्ता बारे बुझ्नुहोस्

सबै सार्वजनिक सञ्चार जस्तै, डाटा समुदायसँग पनि संलग्नता लक्षित हुन आवश्यक पर्दछ । यदि सही सन्देश गलत क्षेत्रमा निर्देशित भएमा त्यसले गल्ती निम्त्याउन सक्दछ । डिजिटल समुदाय नयाँ जानकारी साझेदारी गर्न धेरै इच्छुक हुन्छन, तर तिनीहरू धेरै तिब्र गतिमा यसलाई खपत पनि गर्छन । गहन छलफल गर्नु भन्दा आफ्नो सन्देशलाई एकपटक हेरेर लेख्नुहोस् । प्रविधि समुदायको सदस्यहरू एमएस विन्डोज प्रयोग गर्ने सामान्य मानिसहरूको समूहमा भन्दा कम हुन्छन । यसको मतलब यदि तपाईंले अफलाइन पढ्न सक्ने कागजातलाई एमएस अफिसको ढाँचामा राख्नु हुँदैन ।

यसका लागि दुई कारणहरू छन् :

  • पहिलो कारण ती कागजात थोरै मानिसको पहुँचमा हुनेछ । तपाईंले आफ्नो स्क्रिनमा देख्नु भएको कागजात भन्दा पाठकहरूले अर्कै त्रुटिपूर्ण प्रतिलिपि देख्न सक्छन् ।
  • दोस्रो कारण, तपाईंलाई आफ्नो संस्थाले निहित सन्देश पठाउँछ जसले तपाईंलाई डेभेलोपर बन्न अनिच्छुक बनाउँछ । बरु, तपाईं आफै देखाउनुहोस् कि प्रविधिक समुदाय तपाईंसँग मिल्न आउँछन् भनेर तपाईंले आशा राख्नुभएको छ ।

तेस्रो-पक्षको साइटमा आफ्नो सामाग्री पोस्ट गर्नुहोस् धेरै ब्लगहरूले विभिन्न विषयहरूको क्षेत्रमा धेरै पाठकहरू सिर्जना गरेका छन् । आफ्नो पहल बारे तिनीहरूको साइटमा एउटा लेख थप्दा सार्थक हुन सक्छ । यो दुवै पक्षलाई परस्पर लाभदायक हुन सक्छ । तपाईंको पनि रुचि बढ्दछ र अनि उनीहरू आफ्नो मिल्दो विषयमा सितैमा लेख पाउँदछन् ।

सामाजिक सञ्जालमा आफ्नो संचार थप अनुकूल बनाउनेहोस्

अधिकारीहरूले सामाजिक सन्जाल संलग्नताका समयलाई लामो बनाउन पर्छ भन्ने कुरा अलि अव्यावहारिक लाग्दछ । तर आफ्नो सामग्री सजिलै प्राविधिक प्रयोगकर्ताहरू बिच साझेदारी गर्न सक्ने धेरै कुराहरू छन् । केही सुझावहरू :

  • प्रत्येक सामग्रीको लागि भिन्न पृष्ठ प्रदान गर्नुहोस् ।
  • जब तपाईंले अरूलाई आफ्नो सन्देश दिनुहुन्छ, त्यसपछि त्यो प्राप्तकर्ताले त्यस्तै खालको अरू सान्दर्भिक सामग्री हेर्न र खोज्न थाल्दछन् ।
  • मान्छेलाई आफ्नो पत्राचार विज्ञप्ति डाउनलोड गर्न नदिनुहोस् ।
  • प्रेस विज्ञप्ति राम्रो हुन्छ । त्यो एक विशेष विषयको बारेमा संक्षिप्त सन्देश हो । तथापि, सामग्री डाउनलोड गर्ने र सामाग्री वेब ब्राउजर को बाहिर मात्र खोल्न मिल्ने भएमा, सामग्री थोरै मानिसहरूले मात्र पढ्ने छन् । सर्च इन्जिनहरूले पनि त्यस्तो सामग्रीहरूलाई धेरै महत्त्व दिदैनन् । थोरै मानिसहरूले डाउनलोड गर्न सक्छन ।
  • आफ्नो सामग्रीको लागि खुल्ला लाइसेन्स प्रयोग गर्नुहोस् ।

सामाजिक सञ्जाल

पैसा कमाउन खोलिएको एजेन्सीहरूले घण्टौँ सामाजिक मिडिया साइटमा खर्च गर्ने कुरा अलि स्वभाविक नहोला । तर हाम्रो अावाज यो मञ्चबाट धेरैलाई सुनाउने महत्त्वपूर्ण तरिका आफ्ना ब्लगहरू सजिलै साझेदारी गर्न योग्य बनाउनु हो । त्यसको मतलब, अर्को खण्ड पढ्नु भन्दा पहिले, अन्तिम कुरा पढेको निश्चित गर्नुहोस् र यहाँ केही सुझावहरू छन् यस्लाई ध्यानमा राख्नुहोस :

अनलाइन चर्चा मञ्च ।

  • ट्विटर (twitter) रूचाइएको जानकारी शीघ्र प्रचार-प्रसारको लागि प्रयोग गर्न राम्रो मञ्चका रूपमा देखा परेको छ । तपाईंले “#opendata” ह्यासट्याग प्रयोग गरेर लेखेको कुनैपनि कुरा एकै पटकमा हजारौँले हेर्न सक्छन् ।
  • लिङ्क्डइन (Linkedin) मा पनि खुल्ला डाटालाई लक्षित गरेर धेरै ठुला समूहहरू छन् ।
  • फेसबुक (Facebook) पनि सामान्य दर्शक लागि उत्कृष्ट छ तर खुल्ला डाटा समुदायको ध्यान खासै आकर्षण गर्न सकेको छैन । लिङ्क समष्टिकर्ता ।
  • आफ्नो सामाग्रीहरू कम्प्यूटर प्रयोगकर्ताले पढ्ने साइटहरूमा पेश गर्नुस । यस समयमा धेरैले प्रयोग गर्ने रेडिट (Reddit) अनि हैकर समाचार (Hacker News) दुई ठूला मैदानहरू हुन् । सलासडट (Slashdot) र डिग (Digg) पनि यो क्षेत्रको लागि त्यतिकै राम्रा साइटहरू हुन् ।
  • यस्ता साइटहरूसगँ धेरै भन्दा धेरै प्रयोगकर्तालाई रोचक सामाग्रीतर्फ आकर्षण गराउने क्षमता हुन्छ । तिनीहरू भारी विषय क्षेत्रहरूमा केन्द्रित हुन्छन् ।

साथीभाईहरूसँग मासिक भेटघाट, सम्मेलन र वारक्याम्प जस्ता कार्यक्रम राख्नुहोस्

भेटघाट कार्यक्रमले तपाईंको डाटा अरूलाई प्रयोग गर्न प्रोत्साहन गर्न प्रभावकारी मौका दिन्छ । भेटघाट कार्यक्रम राख्दा समावेश गर्नु पर्ने केही कारणहरू :

  • सम्भावित पुन: प्रयोगकर्ताका बारेमा थप पत्ता लगाउनहोस् ।
  • विभिन्न डाटासेटका मागका बारेमा थप पत्ता लगाउनहोस् ।
  • थप मानिसहरूले कसरी तपाईंको डाटा पुन: प्रयोग गर्न चाहनुहुन्छ भन्ने बारेमा पत्ता लगाउनहोस् ।
  • सम्भावित पुन: प्रयोगकर्ताहरूलाई आफू सँग भएका डाटाका बारेमा पत्ता लगाउन सहज बनाउनुहोस् ।
  • सम्भावित प्रयोगकर्ताहरूलाई एकअर्कासँग भेटघाट गर्नका लागि सहजीकरण गर्नुहोस् (उदाहरणका लागि, तिनीहरूले एकअर्कासँग सहकार्य गर्न सक्छन्) ।
  • आफ्ना डाटा बृहत प्रयोगकर्ताहरूकामाझ लैजानुहोस् (उदाहरणका लागि, आफ्ना कार्यक्रमको ब्लग पोस्टबाट अथवा सञ्चार सम्प्रेशणका माध्यमबाट) ।

तपाईंले के हासिल गर्नु खोज्नु भएको हो, त्यस अनुसारका कार्यक्रमहरू धेरै किसिमका हुन्छन् र तीनलाई धेरै किसिमले चलाउन सकिन्छ । साथसाथै, परम्परागत सम्मेलन मोडलहरू, जसमा पूर्वतयारी सहितका औपचारिक वार्ताहरू, प्रस्तुतिहरू र प्रदर्शनीहरू हुन्छन्, तिनमा पनि विभिन्न प्रकारका सहभागी सञ्चालित कार्यक्रमहरू पनि सम्मिलित हुन्छन्, जसमा सहभागीहरूले निम्न कुराहरू गर्न सक्छन् :

  • कार्यक्रमको लागि कार्यसूची अथवा मार्गदर्शन परिभाषित गर्नुहोस्।
  • एकअर्काको परिचय गराउनुहोस्, उनीहरू केमा रूची राख्नुहुन्छ र केमा कार्यरत छन् भन्ने कुराकानी गर्नुहोस् ।
  • उहाँहरूले गरिरहेका कार्यका विषयमा सानो र छोटो प्रस्तुति दिन लगाउनुहोस् ।
  • उहाँहरूलाई रुचि भएका केही सत्रहरूको नेतृत्व गर्नुहोस् ।

इन्टरनेटमा यस्तो खालको कार्यक्रम कसरी चलाउने भन्ने दस्तावेजहरू धेरै पाउन सकिन्छ, जसलाई तपाईंले ‘अन-कन्फरेन्स’ (Unconference), बरक्याम्प (Barcamp), ‘मिटअप’ (Meetup), ‘स्पिडगिक’ (Speedgeek), ‘लाइटनिंग टक’ (‘Lightning Talk) लगायतका शीर्षक प्रयोग गरी खोज्नु भए हुन्छ । तपाईंले विभिन्न देशमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेका व्यक्तित्वलाई सम्पर्क गर्नु अझ सार्थक हुन सक्छ, जो तपाईंलाई कार्यक्रम सञ्चालनमा सहयोग गर्न र सल्लाह दिन तत्पर हुन्छन् । कार्यक्रमको सहभागिता व्यापक बनाउन र आफ्नो पहुँच बढाउन तपाईंले अन्य संगठनहरूसँग (उदाहरणका लागि, नागरिक समाज संगठन, समाचार संस्था वा शैक्षिक संस्था) साझेदारि गर्नु मूल्यवान साबित हुन सक्छ ।

केही बनाउने ! ह्यकडेज, पुरस्कार र प्रोटोटाइपहरू

यस्तो प्रतियोगिताहरूमा तपाईंले जारी गर्नु भएको डाटा प्रयोग गरेर कम्प्यूटर प्रोग्रामरहरूले छोटो समयमा नयाँ चलाउन मिल्ने प्रोग्रामहरूको विकास गर्दछन र सबैभन्दा राम्रो बनेको प्रोग्रामलाई सम्मानित गरिन्छ । बेलायत, अमेरिका, नर्वे, अस्ट्रेलिया, स्पेन, डेनमार्क र फिनल्याण्ड लगायत विश्वका धेरै देशले यस्ता प्रतियोगिताहरू आयोजना गर्दछन् ।

सम्मेलनहरू, बारक्याम्प्स , ह्यकडेज

नागरिक समाज संगठन (CSO) ले सरकारको खोल्ने तिनीहरूको डाटासेटको मूल्य देखाउनले सबै भन्दा प्रभावकारी तरिका भनेको डाटा पर्योग गरेर सामाजिक र आर्थिक लाभ कसरी हासिल र व्यवस्थित गर्न सकिन्छ भनेर देखाउनु हो । नागरिक समाज संगठनहरू (CSO) जसले आफ्नो देशमा पुन: प्रयोगलाई बढावा गर्न सहायक भूमिका खेल्दछन, जहाँ डाटासेट दुवै प्राविधिक र कानूनी रूपमा खुल्ला गर्न पर्छ भनेर नीति र व्यवस्थामा आगाडी नै सुनिश्चित भएको हुन्छ । यस्तो पहलमा धेरै जसो गरिने विशिष्ट गतिविधिहरू सामान्यतया प्रतियोगिता, खुल्ला सरकार डाटा सम्मेलन, कार्यसाला र ह्यकडेज (Hackdays) समावेश हुन्छ । प्रयोगकर्ताले यी गतिविधिहरूमा धेरै जसो सूचनाको हक प्रयोग गरेर वा पहिले नै इन्टरनेटमा प्रकाशित भइसकेको डाटाको प्रयोग गर्छन । अन्य अवस्थामा, नागरिक समाज समर्थकले डेटासेट को नयाँ रिलिज सुरक्षित गर्न प्रगतिशील सार्वजनिक अधिकारीहरू संग काम गरेर प्रोग्रामर द्वारा नयाँ प्रोग्राम बनाउन प्रयोग गर्न सकिन्छ ।