१२. के कानूनी (आईपी) अधिकारहरू डाटाबेसहरूमा छन्

डाटा (बेसहरू) को बारे मा कुरा गर्दा हामीले पहिले डाटाबेसको संरचना र सामाग्री बीच भिन्नता थाहा पाउन आवश्यक छ (‘डाटा’ शब्द प्रयोग गर्दा हामी डेटाबेसको आफ्नै सामग्री भन्ने बुझ्छौ) । संरचनात्मक तत्त्वहरूमा जस्तै क्षेत्रको नाम र डाटाको मोडेल जस्तै कुराहरू समावेश गरिएको हुन्छ, यी क्षेत्रहरूको संरचना र तिनीहरूको अन्तरसम्बन्ध पनि समावेश हुन्छ ।

धेरै न्यायालयहरूमा डाटाबेसको संरचनात्मक तत्त्वहरूलाई प्रतिलिपि अधिकारद्वारा कभर गरिएको हुन्छ (यो संरचना सिर्जना गर्दाको रचनात्मकताको स्तरमा केही निर्भर गर्दछ) । तर, यहाँ हामी डाटामा विशेष रुचि राख्छौ । हामी “डाटा” को कुरा गर्दा अलिक सावधान हुन आवश्यक छ किनकि यो शब्द त्यति सटीक छैन : “डाटा” शब्दले केही वस्तुहरू वा एकल वस्तुको अर्थ दिन्छ (उदाहरणका लागि एउटा सन्दर्भ सूची रेकर्ड, एक आक्षांश लामो आदि) अथवा डाटाले एक ठूलो संग्रह जनाउछ (जस्तै डाटाबेसको सबै सामाग्री) । भ्रमबाट जोगिन हामी “सामग्री” शब्द व्यक्तिगत वस्तुहरूको लागि प्रयोग गर्छौ, र संग्रहको लागि “डाटा” शब्द प्रयोग गर्छौ ।

यस्तो पाठ, संगीत वा चलचीत्रमा भौतिक बस्तुका लागि नभई, डाटाका लागि कानूनी अवस्था धेरै मुलुकमा फरक हुन्छ । तर, धेरैजसो न्यायालयहरूले (एक संग्रह रूपमा) डाटामा केही अधिकार प्रदान गर्छन् ।

डाटाबेसको “सामग्री” र संग्रह बीचको भिन्नता तथ्यहरू समाबेश भएको डाटाबेसको लागि विशेष गरी महत्त्वपूर्ण छ किनभने कुनै पनि निर्णयाधिकारले एउटा सङ्ग्रहको रुपमा व्यक्तिगत तथ्यहरू (“सामग्री”) माथि अधिकारहरू प्रदान गरेपनी एकाधिकार प्रदान गर्दैन । यसको चित्रण गर्नको लागि एउटा सरल डाटाबेसको उदाहरण लिनुहोस् जसमा विभिन्न पदार्थहरूको द्रवणबिन्दु सूचीकृत गरिएको हुन्छ । जबकि पूरै डाटाबेस एकमुष्ठ रुपमा कानून द्वारा संरक्षित गरिएको हुन सक्दछ जसले गर्दा कुनै एक व्यक्तिले अनुमति बिना प्रयोग, पुन: प्रयोग वा पुन: वितरण गर्न पाउदैन, र यसले तपाईंलाई पदार्थ Y तापक्रम Z मा पग्लिन्छ भन्ने तथ्यलाई बताउनबाट बन्चित गर्दैन ।

सुरक्षाका माध्यमहरू दुई प्रकारका छन् :

  • जटिलताहरूको लागि प्रतिलिपि अधिकार
  • SUI generis अधिकार सही डाटाको संग्रहकाे लागि

हामी पहिले देखिनै जोड गरिरहेका छौ कि निर्णयाधिकारको पक्षबाट कुनै पनि सामान्य नियम र परिस्थितिहरू भिन्न हुदैन । त्यसैले हामी देश पिछे हेर्दै जान्छौ की कुन देशले चाहि आफ्नो निर्णयाधिकारको लागि यी प्रस्तावित नियम वा व्यवस्थाहरू (कुनै छ भने) प्रोयोग गरिरहेका छन् ।

अन्तमा हामीले दर्शाउन जरुरी छ कि कुनै पनि कानूनी सुरक्षाको अभावमा धेरै (बन्द) डाटाबेस प्रदायकहरूले सरल सम्झौता जुन कानूनी प्रावधानसँग जोडिएको छ, त्यो संयुक्त रुपमा प्रयोग गर्न सक्षम छन् र यसले पहुँच नियन्त्रण संयन्त्र उल्लङ्घनमा बन्देज लगाउछ र जसबाट सजिलै औपचारिक कानूनी आधिकार जस्तै समान परिणाम हासिल गर्न सकिन्छ । उदाहरणका लागि, यदि X एउटा दृष्टान्त डाटाबेसको एक प्रदायक हो भने यसले कुनैपनि सर्तहरूका नियमहरूको माध्यमबाट पँहुच हासिल गर्न सक्छन् :

(क) पासवर्डको माध्यमबाट युजर लग इन । (ख) युजरलाई त्यो सर्तमा एकाउन्ट र पासवर्ड उपलब्ध गराउनु पर्छ जुनमा युजर नियम र सर्तहरू मान्न सहमत छ ।

तपाईंले निर्णयाधिकारद्वारा निर्णयाधिकारको अवस्थाको बारेमा थप डाटा अनुमतिपत्रको गाइडमा पढ्न सक्नुहुन्छ ।