१६. नेपालमा भएको विभिन्न खुल्ला डाटा सम्बन्धित उदाहरणहरू

नेपालमा भएको विभिन्न परियोजना जसले खुल्ला डाटाको प्रयोग र वितरण पूर्ण रुपमा खुल्ला तरिकाले गर्दछ । ती परियोजनाहरु यस प्रकार रहेको छन् ।

अर्थ मन्त्रालयको सहायता व्यवस्थापन मंच

www.aims.mof.gov.np

अर्थ मन्त्रालयको सहायता व्यवस्थापन मञ्चले आधिकारिक विकास सहायताको डाटाहरू एक्ससेल ढाँचामा प्रदान गर्दछ । अर्थ मन्त्रालयले क्षेत्र र मिति जस्ता वित्तीय प्रतिबद्धता डाटा र भुक्तान तथा परियोजना डाटाहरू सहित नेपालका विकास साझेदारहरूमार्फत उपलब्ध गराउँछ, त्यो डाटाहरू वेबसाइटहरूमा उपलब्ध छन् । यो अनलाइन ड्यासबोर्डमा देखाउन वा एक्ससेल ढाँचामा डाउनलोड गर्न सकिन्छ ।

कम्पनी रजिस्ट्रार कार्यालयको कम्पनी डाटाबेस

www.ocr.gov.np

कम्पनी रजिस्ट्रार कार्यालयले नेपालमा दर्ता भएका संस्थाहरूका आधारभूत डाटा, कम्पनीको नाम, उमेर र कम्पनीको कार्यालय अवस्थित जिल्ला आदि विवरण उपलब्ध गराउँछ । यो दुवै सीयसभी (CSV) र एक्सएमएल (XML) ढाँचामा उपलब्ध गरिएको छ ।

काठमाडौं लिभिङ् ल्याबको QuakeMap

www.quakemap.org

नेपालमा २०१५ को महाबिनाशकारी भूकम्पमा बाँचेकाहरूका लागि आपद अझै कम भइसकेको थिएन । राहत वितरण तथा उद्दार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र अन्तर्राष्ट्रिय निकायहरूलाई कहाँ राहत सामग्रीहरूको अत्यन्त आवश्यकता छ भन्ने सटिक ज्ञान थिएन । त्यसैले काठमाडौँ लिभिङ्ग ल्याब्सले OpenStreetMap र उषाहिदी प्लाटफर्ममा आधारित QuakeMap.org भन्ने वेब पोर्टल निर्माण गर्यो । यस पोर्टलमा कुन स्थानमा राहत तथा उद्दारकार्यको आवश्यकता छ भनेर रिपोर्ट गर्न मिल्थ्यो । तिनै रिपोर्टहरूका आधारमा विभिन्न निकायहरूले राहत वितरण तथा उद्दार कार्य गर्दथे । भूकम्प लगत्तै संसारभरका करिब ९००० नागरिक नक्साकारहरूले पनि भूकम्प प्रभावित स्थानका बाटो-घाटो, चौर, भवन आदिको नक्सांकन OpenStreetMap मैं गरेकाले यस पोर्टलका रिपोर्टहरू अझै भरपर्दा भए ।

QuakeMap को माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई भूकम्प पिडित तथा स्वयंसेवीहरूले दिएको भूकम्प प्रभावित स्थानका रिपोर्टहरूका आधारमा राहत वितरण तथा उद्दार कार्य गर्न सजिलो भयो । यसै पोर्टलका माध्यमबाट रिपोर्टिंग गर्नुका साथ-साथै आएका रिपोर्टहरूलाई प्रमाणीकरण गर्ने, रिपोर्टहरूकै आधारमा संसाधन परिचालन गर्ने र प्रगतिका बारेमा सोधपुछ गर्न पनि मिल्थ्यो । महत्वपूर्ण भनेर चिन्ह लगाइएका रिपोर्टहरूका आधारमा नेपाल आर्मीले ३०० भन्दा बढी आपतकालीन उद्दार योजनाहरू संचालन गर्यो ।

यसरि नेपालमै बनाईएको यस पोर्टलले डाटा, प्रविधि र स्वयंसेवकहरूलाई एकै ठाउँमा ल्याई केहि बर्षअघिसम्म सोच्न पनि नसकिने कार्य कसरि गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण स्थापित गरेको छ ।

ओपेन नेपालको खुल्ला डाटा पोर्टल

www.data.opennepal.net

ओपेन नेपालको खुल्ला डाटा पोर्टलले दुवै सरकारी र गैरसरकारी माध्यमबाट प्राप्त विभिन्न विषयहरूका डाटाहरू खुल्ला ढाँचामा उपलब्ध गराउछ । प्रायजसो डाटाहरू पीडीएफ ढाँचाबाट खुल्ला ढाँचामा परिवर्तन गरिएको छ ।

कोड फर नेपालको नेपाल म्याप

www.nepalmap.org

नेपाल म्याप कोड फर नेपालको एउटा परियोजना हो । कोड फर नेपाल एक गैर नाफामुखी संस्था हो जसले नेपालमा ओपेन डाटाको प्रयोग र डिजिटल साक्षरता बढाउन काम गर्छ । नेपाल म्यापले नेपालमा डाटालाई अधिक सुलभ र सरल बनाउँछ । नेपाल म्यापले जिल्ला र गाविसले छुट्याएका विभिन्न बिषयका सरकारी डाटाहरू जस्तै साक्षरता स्तर, विद्यालय उपस्थिती, घर स्वामित्व र निर्माण सामाग्री आदिको विवरण दिन्छ । डाटाहरू नक्सामा देखाइएको र खुल्ला ढाँचाको एक दायरामा साझेदारी गरिएको छ । नेपाल म्याप प्रमुख जनसांख्खिक मुद्दाहरूको प्रयोगकर्ता अनुकूल डाटा दृश्यावलोकनहरू सिर्जना गर्न केन्द्रीय तथ्याङ्क बिभाग र अन्य सरकारी स्रोतहरूबाटप्राप्त डाटा प्रयोग गर्दछ । तपाईंले डाटाहरू थप्न, लिन साथै डाउनलोडसमेत गर्न सक्नुहुनेछ । तपाईं कुनै पनि दुई क्षेत्र एकआपसमा तुलना गर्न सक्नुहुन्छ ।

विकास उधमीको नेपाल इन डाटा

www.nepalindata.com

नेपाल इन डाटा विकास उधमीद्वारा विकशित गरिएको खुल्ला डाटा र तथ्याङ्क पोर्टल हो । विकास उधमी एक नवीनतम सामाजिक केन्द्र हो जसले १९५० देखिको नेपालको विकास डाटा र डाटाहरू दर्शकमाँझ उपलब्ध गराउछ र पहुँचयोग्य ढंगमा प्रस्तुत गर्छ । यस पोर्टलले एकल बिन्दुको रुपमा काम गर्दछ जसबाट प्रयोगकर्ताहरूले सजिलै नेपालको विभिन्न पक्षहरूको विकाससम्बन्धी डाटा र तथ्याङ्कहरू पहुँच, तुलना गर्न सक्छन र डाटाको माध्यमबाट अन्तरक्रिया पनि गर्न सक्छन ।

योङ्ग इन्नोभेसन्सको भूकम्प प्रतिक्रिया पारदर्शीता पोर्टल

www.earthquake.opennepal.net

भुकम्प प्रतिक्रिया पारदर्शिता पोर्टलले राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय प्रवाहको ट्रयाक राख्छ र अप्रिल २५ को भूकम्प र यसको परकम्पन पछिको नेपालमा राहत र पुनर्निर्माण गतिविधिहरूलाइ पछ्याउँछ । भुकम्प प्रतिक्रिया पारदर्शिता पोर्टलले डाटा अन्तर्राष्ट्रिय सहायता पारदर्शी पहल (IATI) मा साझेदारी गर्दछ, जुन ढाँचा राहत र पुनर्निर्माण गतिविधिहरूको लागि लक्षित अन्तर्राष्ट्रिय र राष्ट्रिय वित्तीय प्रवाह अनुरूप हुन्छा ।

काठमाडौँ महानगरपालिकाको पारदर्शिता र नागरिक सहभागिता फोरम

www.model4g.com

पारदर्शिता र नागरिक सहभागिता फोरमले काठमाडौँ महानगरपालिका वडा न. ७ सम्बन्धी डाटाहरू जस्तै बजेट, परियोजनाहरू र जनसांख्खिक डाटाहरू उपलब्ध गराउछ । यो डाटाहरू एक्ससेल ढाँचामा डाउनलोड गर्न सकिन्छ ।

ओपेन नलेज नेपालको इलेक्सन नेपाल पोर्टल

www.electionnepal.org

इलेक्सन नेपाल एउटा क्राउडसोर्सड खुल्ला पोर्टल हो जसले नेपलको स्थानीय चुनाब सम्बन्धी सबै डाटाहरू एकै ठाउँमा खुल्ला तथा दृश्य ढाँचामा राख्दछ । ती संचित डाटा विभिन्न उद्देश्यका लागि भविष्यमा पुनः प्रयोग गर्न सकिन्छ । पोर्टलमा अन्तरक्रियात्मक दृश्य र इन्फोग्राफिक्स समावेश हुनेछ जसले दुवै राष्ट्रिय र अन्तर्राष्ट्रिय पार्टीहरूलाई संघीय राज्य विभाजन र स्थानीय निर्वाचन समयमा स्थिति चिन्न मदत गर्नेछ ।

हामी सबैको OpenStreetMap

http://openstreetmap.org

OpenStreetMap http://openstreetmap.org नागरिकहरू एक-आपसमा मिलि आफैँले नक्सा बनाउन सक्ने एउटा साझा मंच हो । यो अन्तराष्ट्रिय अभियान सन् २००४ मा बेलायतबाट सुरु भइ हाल संसारका अधिकांश मुलुकहरूमा पुगिसकेको छ । नेपालमा पनि यो अभियान काठमाडौँ लिभिंग ल्याब्सको नेतृत्वमा सशक्त ढंगले अघि बढिरहेको छ ।

OpenStreetMap को प्रयोग नेपालमा सन् २०१५ को विनासकारी भूकम्पमा अभूतपूर्व रुपले देखियो । करिव ९००० स्वयंसेवी नक्साकारहरूले त्यसबखत OpenStreetMap मा भूकम्प प्रभावित क्षेत्रका बाटो-घाटो, चौर, भवन आदिको नक्सांकन गरे । राष्ट्रिय तथा अन्तरास्ट्रिय निकायहरूले पनि त्यसै नक्साको आधारमा उद्दार तथा राहत वितरणका कार्य गरे । यसरि नागरिकहरूको यो व्यापक सहभागिता तथा OpenStreetMap जस्ता खुल्ला डाटाको प्रयोग दैवी प्रकोप उद्दार तथा विपद व्यवस्थापन क्षेत्रमा संसारकै एक उच्चकोटीको नमुना बन्न पुग्यो ।

विश्वका अन्य देशहरूमा जस्तै नेपालमा पनि सर्वसाधारणहरू एक ठाउँ देखि अर्को ठाउँ जान तथा विभिन्न संस्थाहरूले आफ्ना ब्यबसायिक कार्यमा डिजीटल नक्साको प्रयोग गर्ने क्रम बढिरहेको छ । प्रविधिको बढ्दो विकास र पहुँचसंगै भविष्यमा OpenStreetMap जस्ता डिजिटल नक्सा जीवनयापनमा अपरिहार्य हुन सक्छन् । यसरि कुनै विशेष सरकारी वा ब्यबसायिक निकायले नभई नागरिकहरूले नै बनाउने र सुधार गर्न सक्ने, र सबैले बिना रोकतोक प्रयोग गर्न सक्ने OpenStreetMap र यसमा निहित डाटा हामी सबैको साझा सम्पत्ति हो । तपाई पनि आफ्नो छर-छिमेक तथा समुदायमा अवस्थित विभिन्न बस्तुहरू जस्तै सडक, मन्दिर, बिद्यालय, अस्पताल आदि OpenStreetMap मा राखी आफ्नो ठाउँ को नक्सा आफैँ बनाउन सक्नु हुन्छ । आउनुहोस हामी सबै मिलि नेपालको नक्सा बनाऔं !